सामाजिक सञ्जाल

सुर्य थापाको व्यंग्यः कहिले नारायणस्थान हामी, कहिले महादेवस्थान

१४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नेकपाको दाहाल-नेपाल समुहप्रति फेरी अर्काे व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमाफर्त उक्त समुहको कटाक्ष र व्यंग्य गर्दै आएका थापाले आज कहिले नारायणस्थान हामी, कहिले महादेवस्थान भन्दै व्यंग्य गरेका छन् ।

उनले कहिले नारायणस्थान का्रग्रेसका सभापति देउवा त कहिले महादेवस्थान माधव नेपाल निवास भन्दै व्यंग्य गरेका छन् ।

उनको स्टाटसः प्रतिनिधि सभा पुनस्स्थापनाः हाम्रो महान विजय !धर्के टीका निधारमा टलक्क टल्कियो ! कहिले नारायणस्थान हामी, कहिले महादेवस्थान !! देवघाटमा लड्डु भोजन, छटपटी अझै पो बल्झयो !! परिसडाँडामा राजेन्द्र महतोजी ने जायज सवाल पुछाः तपाईहरूको पार्टीचाहिँ कुन हो रे ?