मनोरञ्जन

नायक पल साहविरुद्ध प्रहरीमा उजुरीः प्रहरीले बेलायो छलफलका लागि

१४ फागुन। काठमाडौं । नायक पल साहविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् ।

प्रधानमको निवेदन परेपछि साहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

म्युजिक भिडियोको सुटिङका लागि धरान आएका साहको निर्देशनमा सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आक्रमण गरेको प्रधानको दाबी छ । साहले म्युजिक भिडियोको सुटिङ बिहीबार नै सकेका थिए ।