कृषि

काठमाडौंको तारकेश्वरमा फेरि देखियो बर्डफ्लु संक्रमणः साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट

१४ फागुन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लु संक्रमण देखिएको छ ।

पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकालका अनुसार तारकेश्वर नगरपालिका-१ साङ्लाफाँटका कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको हो ।

बर्डफ्लु देखिएपछि त्यहाँका साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ ।

तारकेश्वरमा यसअघि पनि बर्डफ्लु देखिएको थियो तर नियन्त्रण भइसकेको पुश सेवा विभागले जनाएको थियो ।

अहिले फेरि त्यही क्षेत्रमा बर्डफ्लु संक्रमण देखिएको हो ।