समाचार

आज पहाडी भेगका केही स्थानमा मेघगर्जन/चट्यायङसहित वर्षा हुने सम्भावना

१४ फागुन, काठमाडौं । आज पहाडी भेगका केही स्थानमा मेघगर्जन/चट्यायङ सहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।

यस्तै सोही प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ । राति पनि प्रदेश नं १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसम महाशााखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।

जसमा भनिएको छ, प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा साथै सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।