सामाजिक सञ्जाल

ओलीले गलहत्याएपछि लोकतन्त्रबादी बनेका दहाल-नेपालसँग अंगालो हाल्न हतार नगरौंः नेता पाण्डे

१३ फागुन, चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले अधिनायकवादको बाटोमा पुष ५ सम्म संगै हिंडनेहरुलाई केपी वलिले सडकमा पुर्याइदिए पछि बनेका लोकतन्त्रवादिहरुसंग काँग्रेसले अँगालो मार्न हतार नगरौं भनेका छन् ।
उनले दुबै गुट चलाउनेहरु कम्युनिष्ट सर्वसत्तावादि सोचबाट नै प्रेरित हुन् भन्दै एउटै घटनाबाटमात्र अन्तिम मुल्याङ्कन हुन सक्दैन भन्ने ठोकुवा गरेका छन् । नेता पाण्डेको नेकपाको आधिकारिक बिभाजन नहुदै कसैलाई समर्थन र बिरोध गर्ने भन्नु बचकनापन भएको जिकिर गरेका छन् ।
नेता पाण्डेको स्टाटस्ः नेकपाको आधिकारिक बिभाजन नहुदै कसैलाई समर्थन र बिरोध गर्ने भन्नु बचकनापन हो।
अधिनायकवादको बाटोमा पुष ५ सम्म संगै हिंडनेहरुलाई केपी वलिले सडकमा पुर्याइदिए पछि बनेका लोकतन्त्रवादिहरुसंग काँग्रेसले अँगालो मार्न हतार नगरौं।
दुबै गुट चलाउनेहरु कम्युनिष्ट सर्वसत्तावादि सोचबाट नै प्रेरित हुन्।
एउटै घटनाबाटमात्र अन्तिम मुल्याङ्कन हुन सक्दैन।