राजनीति

नेकपा वा समाजबादीसँग मिलेर सरकारमा जान हामीलाई हतार छैनः काँग्रेस

१३ फागुन, काठमाडौं । नेपाली काँग्रेसको आज अपरान्ह बसेको सभापति शेरबहादुर देउवा निवासको पदाधिकारी बैठकले पार्टी नेकपा वा जनता समाजबादी दल कुनैसंग पनि सहकार्य गरेर अगाडी बढ्ने बिषयमा निर्णय नभएको बताएको छ ।
अध्यक्ष पुष्पकमल दहाल–माधव कुमार नेपाल पक्षीय नेकपाले सहकार्य गरेर अगाडी बढ्न सभापति देउवालाई आग्रह गर्दा तत्कालका लागि अश्विकार गर्दै देउवाले पार्टीभित्र छलफल गरेर निर्णय गर्ने प्रतिकृया दिएका थिए ।
काँग्रेस सहमहामन्त्री डा प्रकाश शरण महतले ‘अहिलेसम्म कानुनीरुपमा नेपाल कम्युनिष्ट पार्टी एउटै छ र त्यो दलको संसदीय दलको नेता प्रधानमन्त्री केपी शर्मा ओली नै छन्’ भने । ‘ओली वा को आधिकारिक हो छुट्टिएको छैन, उहाँहरु मिलेर एउटै नेकपा हुने समभावनासमेत रहेको अवस्थामा कुन नेकपासंग सहहकार्य गरेर अगाडी बढ्ने उक्त निर्णय काँग्रेसलाई गर्न हतार छैन ।’ उनले बताएका छन् ।
नेताहरुबीचमा काँग्रेसलाई सरकारमा जानभन्दा नेपाली जनताको मत जित्नु जरुरी रहेको बिषयमा छलफल भएको थियो ।