सामाजिक सञ्जाल

खड्गको विषालु खड्ग संविधान र संसदमाथि बज्रिँदा राजनीतिक सत्ता झनै फोहर भयोः खगेन्द्र संग्रौला

१३ फागुन, काठमाडौं । बुद्धिजिवि तथा लेखक खगेन्द्र संग्रौला प्रधानमन्त्री केपी शर्मा ओलीप्रति खनिएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त संग्रौलाले खड्गको विषालु खड्ग संविधान र संसदमाथि बज्रिँदा राजनीतिक सत्ता झनै फोहर भएको टिप्पणी गरेका छन् ।

उनले अब आठ-दस दिन भेडा-च्याङरा खरिद गरेझैँ सांसद खरिद गर्नमा बित्ने भए भनेका छन् । अब आफ्ना-आफ्ना बहुमत पुय्राउन ओली पक्षले पुष्प-माधव पक्षका र पुष्प-माधव पक्षले ओली पक्षका सांसद खरिद गर्ने भए भन्दै आलोचना गरेका छन् ।

खड्गको बिखालु खड्ग संविधान र संसदमाथि बज्रिँदा फोहोर सत्ता-राजनीति झनै फोहोर भयो, मान्यवर उनले भने ।

उनको ट्वीटः अब आठ-दस दिन भेडा-च्याङरा खरिद गरेझैँ सांसद खरिद गर्नमा बित्ने भए । अब आफ्नो- आफ्नो बहुमत पुय्राउन ओली पक्षले पुष्प-माधव पक्षका र पुष्प-माधव पक्षले ओली पक्षका सांसद खरिद गर्ने भए । खड्गको बिखालु खड्ग संविधान र संसदमाथि बज्रिँदा फोहोर सत्ता-राजनीति झनै फोहोर भयो,मान्यवर !