सामाजिक सञ्जाल

घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेलको खतराः डा.भट्टराई

१३ फागुन, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेलको खतरा बढेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त डा.भट्टराईले सुप्रिम कोर्टपछि राजनीति पुन/ दल/नेताको कोर्टमा पुगेको भन्दै यस्तो बताएका हुन् । टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्न सक्ने उनको भनाई ।

देशको आवश्यकता र जनताको चाहना दलरनेताले पाठ सिकून्ः नयॉ राष्ट्रिय सहमति गरून् भन्ने छ है चेतना भया ! उनले भने ।

उनको ट्वीटः सुप्रिम कोर्टपछि राजनीति पुन/ दल/नेताको कोर्टमा पुगेको छ । घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरूहुने खतरा छ । टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्नसक्छ । देशको आवश्यकता र जनताको चाहना दलरनेताले पाठ सिकून्ः नयॉ राष्ट्रिय सहमति गरून् भन्ने छ है ! चेतना भया !