सामाजिक सञ्जाल

काँग्रेसले नविन विचारसहित देशको नेतृत्व गर्नुपर्छः डा.भण्डारी

१३ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.चन्द्र भण्डारीले काग्रेसले नविन विचारसहित देशको नेतृत्व गर्नु पर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त डा.भण्डारीले जनताले नेपाली काँग्रेसलाई प्रतिपक्षमा बस्न जनादेश दिएकाले निकासबाट पन्छिनु नहुने बताएका छन् ।

अब काग्रेस पार्टी महाधिवेशनमा लाग्नु पर्नेमा उनको जोड छ । विचारको आधारमा नेतृत्व गर्न चाहानेहरु एक ठाउमा उभिनु आजको आवस्यकता रहेको उनको भनाई ।

वर्तमान चुनौंतिहरुको सामना गर्न देशको नेतृत्वको लागि कम्मर कसेका नेताहरु साना गुट र उपगुट भन्दा माथी उठ्नु पर्ने भन्दै कांग्रेसले मात्र देशको नेतृत्व गर्न सक्ने दाबी गरेका छन् ।

एक ठाँउमा छौ एक ठाउमा उभिन्छौं भन्ने कुराको विश्वास पार्टीका सम्पुर्ण नेता कार्यकर्ताले जनतालाई दिन सक्नु पर्नेमा उनको जोड छ । सबैको एउटै लक्ष्य समान अवसर र न्याय !!! नेपालमै अवसरको संकल्प लिएर अगाडी बढ्नुपर्ने उनको भनाई छ ।

देश र जनता भन्दा ठुलो कोही हुदैन भन्ने भावना कांग्रेसमा हुनुपर्ने पनि बताएका छन् । आफ्नो गौरवपूर्ण इतिहासको सम्मान गर्दै नेपाली काग्रेसले नविन विचार सहित देशको नेतृत्व गर्नु पर्नेमा जोड दिएका छन् ।