प्रदेश 1

धरान काँग्रेसले संसद पुनःस्थापना भएकोमा गर्यो दीपावली(तस्विरहरु)

१२ फागुन, काठमाडौं । नेपाली काँग्रेस धराज उपमहानगरले संसद पुनःस्थापना गरेकोमा सर्बोच्च अदालतलाई धन्यबाद दिँदै आज साँझ पीपावली गरेको छ । धरानका मेयर तिलक राईले उक्त दिपावलीमा संसद पुनःस्थापना गरेर सर्बोच्च अदालतले न्यायालयप्रति नेपाली जनतामा साख जोगाएको कुरा बताए ।
धरानका नेपाली काँग्रेसका सयौंको संख्यामा उपस्थीत उक्त दीपावली कार्यक्रममा सर्बसाधारण, महिला तथा शुभचिन्तकहरुले बत्ती बालेर खुशीयाल्ी मनाएका थिए । ११ गते फागुनमा सर्बोच्च अदालतले पौष ५ मा ओली सरकारको सिफारिसमा गरिएको संसद बिघटन असंबैधानिक भनेपछि उक्त संसद पुनःस्थापना गरेपछि देशभर दीपावली गर्नेहरुको संख्या बढ्दै गएको छ ।
नेपाली काँग्रेस सुनसरी सभापति तथा प्रदेश नम्बर १ का संसदीय दलका नेता राजीव कोईरालाले संसद पुनःस्थापना भएकोमा खुशी हुँदै सामाजिक संजालमार्फट सर्बोच्च अदालतलाई आज बिहान धन्यबाद दिएका थिए ।