सूचना प्रविधि

उद्यम व्यवसायको प्रवद्र्धन गर्न आफन्त डटकम

१२ फागुन, काठमाडौँ / नेपाली समुदायले देशभित्रै वा देश बाहिर सञ्चालन गरिरहेका उद्यम र व्यवसायको स्तरोन्नति गर्ने उद्देश्यले आफन्त डटकम नामक अनलाइन नेटवर्क सार्वजनिक गरिएको छ ।
मुलुकभित्र र बाहिर रहेका नेपालीमा उद्यमशीलताको भवना विकास गराउँदै उपलब्ध आर्थिक अवसरलाई चिन्ने थलो बनाउने लक्ष्यसहित शुरु गरिएको सो अनलाइन नेटवर्कको आज सार्वजनिक गरिएको हो । ‘उठाऔँ नेपाल’ भन्ने मूल नारासहित शुरु गरिएको नेटवर्कमार्फत प्रविधि, व्यवस्थापकीय, वित्तिय र बजार पहुँच बढाउने सन्दर्भमा अन्तक्र्रिया गर्ने, सूचना लिने र साझेदार खोज्न सकिने जनाइएको छ ।
सो नेटवर्क सार्वजनिक गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव वैकुण्ठ अर्यालले आफन्त डटकमले सरकारले अघि सारेको ‘डिजिटल नेपाल’ को परिकल्पनालाई सहयोग पुग्ने अपेक्षा गरे । नेटवर्कका कार्यकारी अध्यक्ष श्यामप्रसाद गिरीले नेटवर्कमार्फत नेपाली उत्पादनको आन्तरिक र बाह्य बजारमा पहुँच बढाउन इन्टरनेट प्रविधि प्रयोग गर्दै व्यापारीकरणमा सहयोग पुग्ने बताए ।