सामाजिक सञ्जाल

ओलीको चेतावनीसंग नडराई संसद बिघटन बिरुद्धको सर्बोच्चको फौसला निष्पक्षः डा महत

१२ फागुन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पुर्व अर्थमन्त्री डा रामशरण महतले लोकतान्त्रिक पद्धती अन्तरगतको स्वतन्त्र न्यायपालिका कार्यकारीको दबाबमा कहिलै नपर्ने बताएका छन् ।
उनले सामाजिक संञ्जालमा ट्वीट गर्दै संसद पूनर्स्थापित भएमा आन्दोलन समेत गर्ने प्रधानमन्त्री ओलीको चेतावनीको बाबजुत संबिधानको रक्षा गर्दै प्रतिनिधीसभा बिघठनको निर्णय रद्द गरी पुनर्थापना गर्ने सर्बोच्च अदालतको बिधीसम्मत निष्पक्ष फ़ैसला गरेको टिप्पणी गरेका छन् ।
डा महतले ११ गते सर्बोच्च अदालतले संसद भङ्ग गर्नु असंबैधानिक भनेर फैसला गरेपछि उक्त भनाईमा टिप्पणी गर्दै अदालत कहिल्यै दबाबमा नपर्ने बताएका हुन् । नेपाली काँग्रेस संसद पुनःस्थापना गर्नमागसहित सडक आन्दोलनमा थियो ।
काँग्रेसले औपचारिक रुपमा नै संसद पुनःस्थापनाको स्वागत गरिसकेको छ ।

डा महतको ट्वीटः लोकतान्त्रिक पद्धती अन्तरगतको स्वतन्त्र न्यायपालिका कार्यकारीको दबाबमा पर्दैन१ संसद पूनर्स्थापित भएमा आन्दोलन समेत गर्ने प्रधानमन्त्री ओलीको चेतावनीको बाबजुत संबिधानको रक्षा गर्दै प्रतिनिधीसभा बिघठनको निर्णय रद्द गरी पुनर्थापना गर्ने सर्बोच्च अदालतको बिधीसम्मत निष्पक्ष फ़ैसला !