आर्थिक

महिला लघुवित्तको साधारण शेयर बाँडफाँड शुक्रबार हुने

१२ फागुन, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणलाई निष्काशन गरिएको साधारण शेयर फागुन १४ गते शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने नेपालएसविआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ । साधारण शेयरको बाँडफाड हात्तिसार स्थित नेपालएसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमाहुने समेत विज्ञप्तिमा जनाइएको छ ।
महिला लघुवित्तले २०७७ माघ ३० गतेबाट १०० रुपैयाँअंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो ।कुल ४ लाखकित्तामध्ये ५ हजार कित्ताकर्मचारी सुरक्षित गरी २० हजार कित्ता समूहिक लगानी कोषहरुकालागिबाँडफाँड गरिसकेको समेत जानकारी गराएको छ ।