पु.समाचार

सर्बोच्चको निर्देशन अनुसार नै संसद बैठक बोलाउने नेकपा ओली समूहको निर्णय

१२ फागुन, काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको नेकपाले सर्बोच्च अदालतले तोकेकै समयमा संसद अधिवेशन बोलाउने निर्णय गरेको छ । आज बसेको नेकपा स्थायी समिति बैठकले हिजो गरेको सर्बोच्च अदालतको फैसलापछिको पहिलो बैठकबाट उक्त निर्णय गरिएको परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिएका छन् ।
‘सर्वोच्च अदालतको संवैधानिक इजलासबाट गरेको फैसला र यसको प्रभावको विषयमा छलफल गरेका छौँ । नेकपा शक्ति पृथकीकरण, लोकतन्त्रका मूल्य मान्यता र विधिको शासन मान्ने पार्टी हो’ मन्त्री ज्ञवालीले भने ।