सामाजिक सञ्जाल

राजनैतिक संकट टर्यो तर चरम भ्रष्टाचार, संविधानको नग्न उल्लंघन प्रवृत्ति बाँकीः दमन

१२ फागुन, काठमाडौं । पुर्व सभामुख दमननाथ ढुंगानाले राजनैतिक संकट टर्यो, संविधान लिकमा फर्क्यो। सम्मानित सर्वोच्च अदालत एवं संविधान रक्षक नागरिक आबाज तथा अभियन्ताहरूलाई हार्दिक बधाई भनेका छन् ।
उनले ट्वीट गर्दै राजनीतिक समस्या समाधान भएपनि दायित्व अझै बाँकी छन् भन्दै चरम भ्रष्टाचारबर्धक, संविधानको नग्न उल्लंघन प्रवृत्ति रोक्ने कसरी? जस्ता प्रश्न गरेका छन् । पुर्व सभामुख ढुंगानाले प्रतिनिधिसभा अकालमा मार्ने वा बचाउन नसक्नेहरूलाई दण्ड के? भन्दै चिन्तासमेत ब्यक्र गरेका छन् ।
ढुंगानाको ट्वीटः राजनैतिक संकट टर्यो, संविधान लिकमा फर्क्यो। सम्मानित सर्वोच्च अदालत एवं संविधान रक्षक नागरिक आबाज तथा अभियन्ताहरूलाई हार्दिक बधाई। दायित्व अझै बाँकी छन्। चरम भ्रष्टाचारबर्धक, संविधानको नग्न उल्लंघन प्रवृत्ति रोक्ने कसरीरु प्रतिनिधिसभा अकालमा मार्ने वा बचाउन नसक्नेहरूलाई दण्ड के?