सामाजिक सञ्जाल

नेता गुरुङको चेतावनीः राजनैतिक नेतृत्वले लुछाचुँडी गर्‍यो भने महाभूल हुनेछ

१२ फागुन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानन्यायधाीश लगायत न्यायाधीशहरुले स्वतन्त्र अदालतको साखलाई अझ उचाइमा पुर्‍याएको बताएका छन् । उनले ट्वीट गर्दै अब संसदको साख बढाउने जिम्मेवारी राजनैतिक नेतृत्वको भएको उनको दाबी छ । प्रधानमन्त्री पदको लागि राजनैतिक नेतृत्वले लुछाचुँडी गर्‍यो भने महाभूल हुने उनको टिप्पणी छ ।
नेता गुरुङले भनेका छन्, ‘यही बेला राजनैतिक नेतृत्वले भनोस्, ‘अब नेतृत्व हामीबाट हैन नयाँ पुस्ताबाट।’
नेता गुरुङको ट्वीटः प्रधानन्यायधाीश लगायत न्यायाधीशहरुले स्वतन्त्र अदालतको साखलाई अझ उचाइमा पुर्‍यायो। अब संसदको साख बढाउने जिम्मेवारी राजनैतिक नेतृत्वको हो। प्रधानमन्त्री पदको लागि राजनैतिक नेतृत्वले लुछाचुँडी गर्‍यो भने महाभूल हुनेछ।
यही बेला राजनैतिक नेतृत्वले भनोस्, ‘अब नेतृत्व हामीबाट हैन नयाँ पुस्ताबाट।’