राजनीति

सर्बाेच्चको निर्णयलाई मानिन्छ तर सम्मान गर्न सकिदैनः उप-प्रधानमन्त्री पोख्रेल

१२ फागु, काठमाडौं । उप-प्रधानमन्त्री ईश्वर पोख्रेलले संसद पुर्नस्थापना गर्ने सर्बाेच्च अदालतको निर्णयलाई मानेपनि सम्मान गर्न नसकिने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त उप-प्रधानमन्त्री पोख्रोेले सर्वोच्च अदालतको फ़ैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउने भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

हिजो सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पुनःस्थापना गर्ने फैसला गरेपछि उनले यस्तो ट्वीट गरेका हुन् ।

पोख्रेलले सरकार संचालनमा गतिरोध सिर्जना हुनपुगेपछि सार्वभौम जनतामा गएर ताज़ा जनादेशका माध्यमबाट समाधान गर्ने प्रमको राजनीतिक प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाउने काम भएको बताएका छन् ।

उनको ट्वीटः सरकार संचालनमा गतिरोध सिर्जना हुनपुगेपछि सार्वभौम जनतामा गएर ताज़ा जनादेशका माध्यमबाट समाधान गर्ने प्रमको राजनीतिक प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाउने काम भएकोछ । सर्वोच्च अदालतको फ़ैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउनेछ । निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न ।