पु.समाचार

दाहाल-नेपाल समुहले बोलायो संसदीय दलको बैठक

१२ फागुन, काठमाडौं । नेकपाको दाहाल-नेपाल समुहको संसदीय दलको बैठक बस्दै छ । संसद बिघटनको मुद्धामा सर्वोच्च अदालतको फैसलापछि उक्त समूहले संसदीय दलको बैठक बोलाएको हो ।

आज अपरान्ह ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

प्रचण्ड-माधव समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर पुष्पकमल दाहाललाई नेता चयन गरिसकेको छ ।

सो समूहले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । आजको बैठकमा आगामी संसद बैठकमा खेल्नुपर्ने भुमिका र रणनीति तय गर्ने जनाईएको छ ।