समाचार

सुनको मुल्य फेरी बढ्योः आज एकैदिन ११ सयले बृद्धि

११ फागुन, काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार १ सय ले उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको मूल्यमा एक हजारभन्दा बढीले सुधार आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार ८९ हजार ९०० मा कारोवार भएको छापावाला सुन आज भने तोलामा ९० हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन सोमबार तोलामा रु ८८ हजार ५ सय ५० मा कारोवार भएकामा आजका लागि भने  ८९ हजार ६ सय ५० मा कारोवार भएको छ । तेजाबी सुनसमेत तोलामा एक हजार १ सय ले उकालो लागेको हो ।

चाँदीको मूल्यमा समेत आज २५ ले वृद्धि भएको छ । तोलामा एक हजार ३ सय ३५ मा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३६० मूल्य कायम भएको छ ।