अन्तर्राष्ट्रिय

चिनियाँ राष्ट्रपतिले गर्दैछन् भारत भ्रमणः सुध्रेला सम्बन्ध ?

११ फागुन, एजेन्सी । चिनियाँ राष्ट्रपतिले भारत भ्रमण गर्ने भएका छन् । दुई देशबिचको सम्बन्ध खटन–पटनमा केहि साम्य भएपछि बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले भारत भ्रमण गर्ने भएका हुन् ।

ब्राजिल, रसिया, चिन, भारत र दक्षिण अफ्रिकाका सम्मिलित ब्रिक्स सम्ममेलनमा सहभागिता जनाउन उनि भारत आउने भएका हुन् ।

यस वर्षको उक्त सम्मेलन गर्ने पालो भारतको रहेको र चिनले यस्मा समहति जनाईसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

यस्तै चिनियाँ राष्ट्रपतिको भारत भ्रमणलाई महत्वका साथ हेरिएको छ । उक्त सम्मेलनलाई सहयोग गर्न सहयोग गर्ने र जारी सिमा विवादले असर नगर्ने चिनियाँ बिदेश मन्त्रालयले जानकारी दिएको छ ।