११ फागुन, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोख्रेलले सर्बाेच्चको फैसला मान्दैनौं भन्नु अलोकतान्त्रिक हुने बताएका छन् । संसद बिघटनमा मुद्धामा आफुहरुले सर्बाेच्चको फैसलालाई स्वीकार गर्ने भन्दै यस्तो बताएका हुन् ।
ओली निकट समुहका नेता समेत रहेका पोख्रोलले आज उक्त समुह निकट प्रेस संगठन नेपाल चितवनले आज आजोजना गरेको पत्रकार सम्मेलनमा उनले सर्बाेच्च अदाललत गर्ने कुरा अमान्यहुन्छ भन्नु अलोकतबन्त्रिक हुने बताएका हुन् ।
उक्त समुहका प्रधानमन्त्री केपी शर्मा ओलीले अदालले संसद बिघटन सदर नगरे आन्दोलन गर्ने भनेर दिएको अभिव्यक्तिलाई लिएर चौतर्फि बिरोध भएका बेला नेता पोख्रेलले यस्तो बताएका हुन् ।
उनले सरकारविरोधी दलहरुले निर्वाचनमा जाने कुरालाई अलोकतान्त्रिक र प्रतिगमनको संज्ञा दिएको चर्चा गर्दै जनतामा जाने कुरा कहिले पनि अलोकतान्त्रिक नहुने बताएका छन् ।
साथै निर्वाचनबाट ताजा जनादेश प्राप्त हुने बताएका उनले नेकपाको पहिलो अध्यक्ष केपी शर्मा ओली भएकाले निर्वाचन आयोगले सूर्य चुनाव चिह्न आफूहरुलाई नै दिने ठोकुवा गरेका छन् ।