मनोरञ्जन

कलाकारहरुले गाउन डराएको ‘श्री ३ नयाँ राजा रानी’ गित यदुरामले गरे सार्बजनिक (भिडियोसहित)

काठमाडौँ, ११ फागुन । प्रतिनिधि सभा विघटन र सरकारका गलत कार्यहरुको विरोध गर्दै तयार पारिएको विवादास्पद गित “श्री ३ नयाँ राजा रानी” आज सार्वजनिक गरिएको छ ।
कलाकार यदुराम सापकोटाको शब्द रचना रहेको गितमा धेरै कलाकारहरुले स्वर दिन डराएपछि कलाकारहरुको नाम विना नै गित सार्वजनिक गरिएको सापकोटाले जानकारी दिएका छन् । छायाङ्कन युनिट र रेकडीङ युनिटले केही भिडीयो फुटेज र केही शब्द परिमार्जन गर्न आग्रह गरेकाले गित सार्वजनिक गर्न केही ढिला भएको उनले स्पष्ट पारेका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीका गलत क्रियाकलापविरुद्धको गित भएकाले ओलीको जन्मदिनकै अवसर पारेर गित सार्वजनिक गरिएको बताएका छन् । आफ्नो जन्मदिनका दिन यही गित सुनेर ओलीले आत्मसमिक्षा गर्दै सच्चिने विश्वास पनि सापकोटाले व्यक्त गरेका छन् ।
गितमा आफ्नै शब्द र लय रहेतापनि गायक गायीकाको नाम, छायाङ्कन र रेकर्डिङ युनिटको नाम उनीहरुकै आग्रह बमोजीम उल्लेख गर्न नसकेको उनले उल्लेख गरेका छन् ।
सापकोटाले भनेका छन्, “गितबाट मैले ब्यबसायीक लाभ अपेक्षा गरेको छैन, तर गित सरकारको प्रतिगामी र असंवैधानिक कदम बिरुद्ध, भ्रष्टहरु बिरुद्ध निर्माण गरिएको हुँदा प्रतिगामीहरुको कान सम्म थर्काउनुपर्छ, भ्रष्टहरुको मुटु चस्किनुपर्छ, प्रतिगमन बिरुध्द चोक चोकमा र घरघरमा यो गित गुञ्जीनुपर्छ भन्ने मेरो अपेक्षा हो ।”
अन्तिम समयमा गितबाट केही शब्द र फुटेज काट्नु पर्दा आफुले सोचेजस्तो र चाहेजस्तो बनाउन नसकेपनि कम्तीमा एक पटक सुनेर सुझाव दिन सापकोटाले सवैलाई आग्रह पनि गरेका छन् । युट्युब मार्फत सार्वजनिक गरिएको गितको शब्द यस्तो छ ।

लेखे भो अब नामको अघी श्री ३,
एउटा राजा फाल्या देख्न रैछ यिनै दिन ।

नयाँ राजा रानीलाई,
भोट चाहियो अरे, संविधानै खानीलाई,
भोट चाहीयो अरे देश लुटेर खानीलाई,
बालुवाटर खानीलाई …….
वाईडबडी जहाज खानीलाई…….
देश बेचेर खानीलाई …….
७० करोड खानीलाई …….

सुकुम्बासी पहिले करोडपती अहिले,
बालुवाटर खान भ्याईसकेछन कहिले ?
नयाँ राजा रानीलाई …….

दुईटा जहाज ल्याउदा ६/६ अर्ब खाए,
दुई तिहाई भोट दिनी जन्ताले के पाए?
नयाँ राजा रानीलाई …….

एउटा प्रेस मेसीन किन्दा खेरी कमिसन,
७० करोड दिन्छस् दिन्नस् भनेछन् ।

संविधान लेख्न १०/१० बर्ष लाए,
त्यहीपनि झापाली राजाले खाए ।
नयाँ राजा रानीलाई …….

प्रतिमन मुर्दाबाद जनता सबले भनौ,
लोकतन्त्र जिÞन्दाबाद जनता सबले भनौ,
साईबर स्याल र अरिङ्गाल हामी कोहीनी नबनौ

नयाँ राजा-रानीलाई
भोट चाहियो अरे, संविधानै खानीलाई,
भोट चाहीयो अरे देश लुटेर खानीलाई,
बालुवाटर खानीलाई …….
वाईडबडी जहाज खानीलाई…….
देश बेचेर खानीलाई …….
७० करोड खानीलाई….

बाग्लुङ घर भइ हाल रोजगारीको सिलसिलामा जापानमा रहेका कलाकार सापकोटाले आगामी दिनमा यस्ता विकृति विसंगति विरुद्धका गितहरु नभएर समृद्धी र सुशासनका गितहरु लेख्न र गाउन पाईयोस् भन्ने कामना पनि गरेका छन् ।