सामाजिक सञ्जाल

चन्द्र भण्डारीको व्यंग्यः के ज्ञान छैन नेपाली नेतामा ? पाइलट देखी ड्राइभर सम्म !!!

११ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले नेपालका नेताहरुलाई लिएर व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमाफर्त नेता भण्डारीले नेपाली नेताहरु सबै कुराका विज्ञ भएको भन्दै यस्ता नेताहरु भारत र चीनमा पनि भएको भए के हुन्थ्यो होला पनि प्रश्न गरेका हुन् ।

उनले के ज्ञान छैन नेपाली नेतामा ? पाइलट देखी ड्राइभर सम्म भन्दै व्यंग्य गरेका छन् । यति धेरै बहुप्रतिभासाली र सक्षम नेताहरु हुदा– हुदै नेपालमा राज्यका घेरै निकायहरुको आवश्यकता नै किन ? भन्दै प्रश्न गरेका छन् ।

सबै क्षेत्रमा सक्षम राजनीतिक नेता हुदा पनि संविधान निर्माणको समयमा राज्यले नै धान्न नसक्ने निकाएहरु बनाएर शक्ति पृथकीकरणको सिद्दान्तलाई किन अँगालेका होलान् मलाई ताज्जुव लाग्दछ भनेका छन् ।

तर विडम्वना यति क्षमतावान नेताहरुका लागि नेपाल देश नै सानो भयो भगवानले ठुलो अन्याय गरेका छन् भनेका छन् ।