आर्थिक

नेपाल राष्ट्र बैंकले आज १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गर्दै

११ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलबार १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार ‘विकास ऋणपत्र, २०८५ घ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो ।

कूल आठ वर्षे अवधिको सो ऋणपत्रको ब्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले सो ऋणपत्र खरिद गर्न सक्नेछन् ।

सो ऋणपत्र धितोमा राखेर कर्जा लिन वा दिन पाइने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी गरी दुई ढाँचामा विकास ऋणपत्र खरिदका लागि बोलकबोल प्रक्रियामा भाग लिन पाइनेछ ।

कूल बिक्री गर्न लागिएको रकममध्येको प्रतिस्पर्धीतर्फ ८५ प्रतिशत बराबरको  आठ अर्ब २५ करोड र अप्रतिस्पर्धी तर्फको १५ प्रतिशत अर्थात्  एक अर्ब ५० करोड गरी विभाजन गरिएको छ ।

घटीमा  ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई  ५० हजारले भाग गर्दा निशेषः भाग जाने अङ्कमा खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।