पु.समाचार

नेता रानाभाटको निधनमा काँग्रेस सभापति देउवा दुखी

११ फागुन, काठमाडौं । नेपाली कांग्रेस चितवनका महासमिति सदस्य, पूर्व सचिव एवं पूर्व सांसद एकनाथ रानाभाटको आज ६६ वर्षको उमेरमा उपचारका क्रममा निधन भयो । स्वर्गीय रानाभाट विद्यार्थीकालीन अवस्थादेखि नै राजनीतिमा सक्रिय रहँदै आउनु भएको थियो । रत्ननगर नगरपालिका —१४ पिठुवा निवासी स्वर्गीय रानाभाट वि।सं। २०५६ को आम निर्वाचनमा चितवन जिल्ला निर्वाचन क्षेत्र नं। २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । उहाँको निधनबाट पार्टीले एक निष्ठावान नेतृत्वलाई गुमाएको छ र अपूरणीय क्षति पुगेको छ ।

उहाँको पार्थिव शरीरलाई भोलि विहान ८ः३० देखि ९ः३० बजेसम्म नेपाली कांग्रेस जिल्ला कार्यसमितिको कार्यालय, नारायणगढमा राखिनेछ र त्यसपछि देवघाटमा अन्त्येष्ठी गरिने कार्यक्रम रहेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । स्वर्गीय रानाभाटले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय योगदान पु¥याउनु भएको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् र आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन् ।