बाग्मती

भन्सार छली गरेको अन्दाजि २ लाख ५५ हजारका कुर्था सुरुवाल वरामद

११ फागुन, काठमाण्डौ । गत आईतबार बिहानको समयमा महानगरीय वृत्त थानकोट र प्रभाग नागढुंगाबाट खटिईएको संयुक्त प्रहरी टोलीले नागढुङ्गामा चेक प्वाईन्ट राखी काठमाडौ भित्रिने सवारी साधनलाई चेकजाँच र्ने क्रममा कुर्था सूरवा तस्करलाई पक्राउ गरिएको छ । महेन्द्रनगर देखि काठमाण्डौ तर्फ आउदै गरेको ना ७ ख ३४३३ नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्दा बसको डिक्कीमा पाँच ओटा सेतो बोरा भित्र लुकाई छिपाई ल्याएको बिल भरपाई नभएको महिलाले लगाउने कुर्था २८३ थान ,सुरुवाल ८३ थान र कुर्था सुरुवालसेटको कपडा १४४ थान गरी जम्मा ५१० थान रहेको प्रहारीले जनाएको छ ।
पक्राउ परेको पुर्था सुरुवालको मुल्य दुई लाख ५५ हजार पर्ने अनुमान छ । पक्राउ गरिएका उल्लेखित पाँच सय १० थान कुर्था सुरुवालहरु बरामद गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल, भन्सार कार्यालय सानो गौचरण, काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ ।