सामाजिक सञ्जाल

नेपालमा नेताहरुको कसैको दिमाग खराब छ त कसैको किड्नी, लिभर, सुगरः किशोर नेपाल

१० फागुन, काठमाडौं । बरिष्ठ पत्रकार एबम् राजनीति बिस्लेशक किशोर नेपालले नेपालका नेताहरू पनि बर्बाद छन्, कसैको दिमाग खराब छ, कसैको लिभर, कसैको किड्नी खराब छ, कसैको सुगर भन्दै नेताहरुको बिषयमा बोलेका छन् । उनले नेकपाका नेता झलनाथ खनाल भारत गएर उपचार गराएर फर्केको र आईतबार जनता समाजबादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई उपचारका लागि भारत गएको बिषयलाई जोडेका छन् । उनले बाबुरामले गरेको रोगको पहिचान गर्दा भारत आउनुपर्नाको दुखेसोलाई घटाउन किन नसकेको भन्ने बिचार राखेका छन् । किन यस्तो भो ? भन्ने किशोर नेपालको प्रश्नसमेत छ ।
बरिष्ठ पत्रकार नेपालले दिमाग खराव छ भनेर भने कसलाई भन्न खोजेका हुन् त्यो स्पष्ट नभए पनि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका नै अर्का अध्यक्ष पुष्पकमल दहालले एकअर्कालाई लगाएको अराजनीतिक आरोपका कारण उनीहरुप्रति लक्षीत हो भन्ने उनका यसअघिका सामाजिक सञ्जालका ट्वीटहरु हेर्दा अनुमान लगाउन सकिन्छ ।

नेपालका नेताहरू पनि बर्बाद छन् । कसैको दिमाग खराब छ, कसैको लिभर । कसैको किड्नी खराब छ, कसैको सुगर । भर्खर नेता जेएन अपोलो अस्पताल आए र फर्किए । अब बीआरबी लिभर अस्पतालमा जँचाउन आएकाछन । रोगको पहिचान गर्नपनि भारत आउनु परेकोमा गुनासो छ उनको ।
खोइ त ? किन यस्तो भो ?