राजनीति

राजनीतिमा गरिने अपराधीकरणले सिङ्गो मुलुकले मूल्य चुकाउनु दुर्भाग्यः नेता गुरुङ

१० फागुन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले राजनीतिमा गरिने अपराधीकरणले गर्दा सिङ्गो मुलुकले मूल्य चुकाइरहेको बताएका छन् । शहीदहरुको बलिदानलाई स्मरण गर्दै प्रजातन्त्र स्थापना भएको दिन फागुन ७ लाई एक पवित्र दिनको रुपमा मनाउने हो। तर प्रजातन्त्र दिवशलाई अपराधीहरुले माफी पाउने दिन जस्तो पो बनाइयो त भन्दै आश्चार्य जनाएका छन् ।
प्रजातन्त्र दिवशका दिन नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले चितवन तरुण दलका अध्यक्ष शिव पौडेलका तीन जना हतयारासहितका ब्यक्तीलाई आम माफी दिएको बिषयलाई संकेत गर्दै नेता गुरुङ यस कुरामा आक्रोशित बनेका हुन् ।
गुरुङको ट्वीटः शहीदहरुको बलिदानलाई स्मरण गर्दै प्रजातन्त्र स्थापना भएको दिन फागुन ७ लाई एक पवित्र दिनको रुपमा मनाउने हो। तर प्रजातन्त्र दिवशलाई अपराधीहरुले माफी पाउने दिन जस्तो पो बनाइयो त!
राजनीतिमा गरिने अपराधीकरणले गर्दा सिङ्गो मुलुकले मूल्य चुकाइरहेको छ।