राजनीति

अदालतले आफ्नो पक्षमा निर्णय नगरे आन्दोलन गर्छु भन्दै ओलीले राज्य आतंक मच्चाएः नेता सिटौला

९ फागुन, बिराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्ण प्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य आतंक मच्चाएको आरोप लगाएका छन् । आज बिराटनगरमा आयोजीत प्रेश यूनियनको पत्रकार सम्मेलनमा बोल्दै बिराटनगरको सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले संसद बिघटनका पक्षमा फैसला नगरे आन्दोन गर्छु भन्ने भनाई नै प्रधानमन्त्रीको राज्य आतंकको नमूना भएको बताए ।
उनले सर्बोच्च अदालतले जिम्मेवार भएर निर्णय गरेर संसारका सामु नेपालको न्यायालयलाई सक्षम न्यायालयको नामले चिनाउनुपर्ने बता ए। नेता सिटौलाले यदि संसद पुनःस्थापना भएन भने अहिलेको गणतन्त्र समाप्त हुने जिकिर गर्दै काँग्रेस सधैं संसद पुनःस्थापनाको पक्षमा रहने बताए ।
नेता सिटौलाले धम्कीको पछि नलागी न्यायधीशले संबिधानको ब्यास्ख्या गर्दै कहिलेकाँही सन्काहा शासकहरुले देखाएको पागलपनलाई ठीक लगाउनुपर्ने बताए । न्यायालयको फैसला काँग्रेसलाई मान्य हुने भन्दै बिबेकशील न्यायपालीकाले न्यायपूर्ण निर्णय गर्नेमा आफू बिश्वस्त रहेको पनि बताए ।