राजनीति

जति नै ठूलो सेटिङ भएपनि अदालतले संसद पुनःस्थापना गराएरै छाड्छः बरिष्ठ नेता पौडेल

९ फागुन, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जतिसुकै ठुलो सेटिङ भएपनि अदालतले संबिधान बाहिर गएर फैसला गर्न सक्दैन भनेका छन् ।
शुक्रबार धरान, शनिबार इनरुवा र आज बिहान इटहरीको कार्यक्रममा भागलिएर आज राजबिराज आईपुगेका बरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकमा नै आउने हो भने प्रधानमन्त्रीबाट राजीनामा दिएर आउन चुनौती दिएका छन् ।
बरिष्ठ नेता पौडेलले २००७ सालदेखी हालसम्म नै मधेशको सहभागीतामा लोकतन्त्र प्राप्तीका आन्दोलनहरु सफल भएका भन्दै त्यसैको सम्मानका लागि आफू मधेश भ्रमणमा निश्किएको बताए । नेता पौडेलले केपी ओली लोकतन्त्रका लागि सबैभन्दा खतरा रहेको बताउँदै सर्बोच्च अदालतले संसद पुनःस्थापना गरेको भोलीपल्ट केपी ओलीको राजनीति आफैं सकिने दाबी गरे । उनले सकैले पनि भ्रममा नपरे हुन्छ, सर्बोच्च अदालतका बिद्वान न्यायधीशहरुले विवेकपूर्ण निर्णय गर्ने र संसद पुनःस्थापना हुने बताए ।
मधेशका नेताहरुसँगको भेटघाट र ऐतिहाशिक स्थानहरुको भ्रमणका लागि आफू मधेशमा निश्किएको बताउँदै सर्बोच्च अदालतले गर्ने संसद पुनःस्थपनापछिमात्र संबधानिक हुने जिकिर उनले गरे । ‘म प्रतिनिधिसभामा छैन । मलाई प्रतिनिधिसभा पुनस्स्थापनाबाट कुनै लाभ पनि छैन । तर विधि रक्षाका लागि कांग्रेसको स्थापना भएको होइन रु विधि रक्षा हुन सकेन भने देशलाई कांग्रेस किन चाहियो ?’ आज बिहानको इटहरीको पत्रकार सम्मेलनमा पनि बरिष्ठ नेता पौडेलले उक्त कुरा बताएका थिए । उनले पार्टी नेतृत्वको पार्टीका कार्यक्रमहरु गर्न पैसा छैन भनेको कुरा गलत भएको भन्दै पार्टीले कार्यक्रम दिने पैसा दिने होईन भनेका थिए ।