राजनीति

गगनको अक्रोशित प्रश्नः केपी ओली सम्माननीय प्रधानमन्त्री हुन् या टोले गुण्डा हुन् ?

९ फागुन, नवलपरासी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सन्काहा प्रधानमन्त्रीको संज्ञा दिएका छन् । नेता थापाले नवलपरासीको हुप्शेकोट गाउँपालीकाद्वारा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्
नेता थापाले कुनै पनि मुलुकमा प्रधानमन्त्रीले सडकमा मान्छे जम्मा गरेर जनतालाई धम्क्याएको उदाहरण नभए पनि प्रधानमन्त्री ओलीले सडकमा मान्छे जममा गरेर नेपाली जनतालाई धम्क्याउँदै हिँडेको बताए ।
पुर्व स्वास्थ्य मन्त्रीसमेत रहेका नेता थापाले प्रधानमन्त्रीले गरेको गल्तीको साक्षी अदालत बस्न नसक्ने भन्दै अदालत निर्णय गर्न बिचार गरेर बसेको बताए । हिजोमात्र नवलपरासीको एक कार्यक्रमलाई सम्बोधन गर्न पुगेका नेता थापाले आज पुनः अर्को कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा नेतृत्वको केपी शर्मा ओली सरकारको तीब्र बिरोध गरेका छन् ।
उनले केपी ओली सम्माननीय प्रधानमन्त्री हुन् या टोले गुण्डा हुन् ?भन्दै प्रश्नसमेत गरेका छन् । बिराटनगरको शनिबारको संबोधनमा सर्बोच्च अदालतलाई आफूलाई जनताको उपस्थिति हेर्न भनेको बिषयमा शनिबार नै कडा प्रतिकृया दिएका नेता थापाले आज पुनः ओलीबिरुद्ध झनै खरो रुपमा उत्रिएका छन् ।