राजनीति

कुनै पनि हालतमा बैसाखमा चुनाव हुन्न, काँग्रेस भदौको अधिभेशनको तयारीमा ब्यस्तः महामन्त्री डा कोईराला

९ फागुन, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शसाँक कोईरालाले काँग्रेस अव पार्टीले घोषणा गरेको भदौको महाधिवेशनमा केन्द्रीत हुनुपर्ने बेला आएको बताएका छन् । महामन्त्री डा कोईरालाले नेकपा नेतृत्वका दुई ठूला गुटका कारण ओली सरकारले निर्बाचन गराउन नसक्ने ठोकुवा गर्दै संसद बिघटन बिरुद्ध काँग्रेसको आन्दोलन जारी रहने बताए ।
महामन्त्री कोईरालाले काँग्रेसले आन्दोलन गर्दा कम्युनिष्टसँग मिलेर गर्न असम्भव रहेको बताउँदै १९ दिनदेखी त्रिभूवन बिश्वबिद्यालयमा अनशन बसेका बिद्यार्थीको मागमाथी अनशनस्थ नै पुगेर ऐक्यबद्धता जनाएका छन् । उनले काँग्रेस निर्बाचन भए भाग लिने भएपनि ओलीले तोकेको समयमा भने कुनै हालतमा निर्बाचन नहुने बताएका थिए ।