आर्थिक

मुक्तिनाथ विकास बैंकको ‘ब्कप ‘Ask Mukti Bhai’भर्चुअल सहयाता सेवा

९ फागुन, काठमाडौं । मुक्तिनाथ विकास बैंकले डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरुको सुविधाको लागि‘मुक्तिनाथ विकास बैंकको ‘Ask Mukti Bhai; सहयाता सेवा’नामक भर्चुअल(अनलाइन ) सहयाता सेवा आफ्नो वेबसाइट मार्फत सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरुले यस भर्चुअल सहयाता सेवामार्फत छिटो, छरितो र सहज रुपमा बैंकका प्रडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राही जिज्ञासाहरुको बारेमा जानकारी प्राप्तगर्न सक्नेछन् । यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ धण्टा लिन सक्नेछन् । आर्टिफिसियल इन्टेलिजेन्स आधारित यो च्याटवट सेवा डिजिटल बैंकिङ्गका अत्याधुनिक पद्दतीबाट सञ्चालनमा ल्याएको छ ।
विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको जुन सुकै बैंकको ब्त्ःबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्माआदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थितनभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।