आर्थिक

सुनको मूल्य तोलामा ८०० ले बढ्यो

९ फागुन, काठमाडौँ / स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ८०० ले बढेको छ । छापावाला सुन तोलामा आज ८०० ले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा ८८ हजार २०० मा कारोवार भएको छापावाला सुन आज ८९ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन शुक्रबार तोलामा ८७ हजार ७५० मा कारोवार भएकामा आज ८८ हजार ५५० मा कारोवार हुुने गरी मूल्य निर्धारण भएको छ ।
चाँदी तोलामा एक हजार ३३० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा एक हजार ३०५ मा शुक्रबार कारोवार भएको चाँदी आज तोलामा २५ ले वृद्धि भएको हो ।