सामाजिक सञ्जाल

प्रदीपको प्रश्नः तर्क र शब्दमा ओली र कम्युनिष्टहरू किन विपन्न र असहाय भए ?

९ फागुन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी ओलीका ज्ञान मीमांसमा सधैं गाली, गलौच र अपशब्द मात्रै मडारिन्छन् भन्दै आलोचना गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै ओली समुदायका सबैलाई अश्लील नबोलेसम्म धित नमर्ने लत लागिसकेको बताएका छन् । नेता पौडेलले ओली–प्रवृतिले राजनैतीक कुसंस्कार जन्माईरहेको छ, तर्क र शब्दमा उनीहरू किन यति विपन्न र असहाय भए ? भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र सिंगो कम्युनिष्टलाई नै सोधेका छन् ।

उनकाे ट्प्ररवीटः धानमन्त्री केपी ओलीका ज्ञान मीमांसमा सधैं गाली, गलौच र अपशब्द मात्रै मडारिन्छन्। ओली समुदायका सबैलाई अश्लील नबोलेसम्म धित नमर्ने लत लागिसकेको छ । ओली–प्रवृतिले राजनैतीक कुसंस्कार जन्माईरहेको छ। तर्क र शब्दमा उनीहरू किन यति विपन्न र असहाय भए ?