सामाजिक सञ्जाल

सत्तामा हुँदा आफूलाई हेर्न आएका भिडको भ्रम कुनै वेला राजालाई पनि थियोः गगन थापा

९ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगनकुमार थापाले सत्तामा हुँदा आफूलाई हेर्न आएका भिडको भ्रम कुनै वेला राजलाई पनि भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता थापाले शनिबार बिराटनगरमा ओली समुहले आयोजना गरेको सभालाई संकेत गर्दै फेसबुकमा यस्तो स्टाटस राखेका हुन् ।

उनले उक्त सभामा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिप्रति पनि आलोचना गर्दै नेता थापाले न्यायमूर्तिले हेर्ने मान्छेको संख्या नभई संविधानको धारा भएको बताएका छन् ।

उनले अदालतले विना भय संविधानसम्मत निर्णय गर्नुपर्नेमा जोड समेत दिएका छन् । प्रधानमन्त्रीले सत्ता उन्मादमा शक्तिको दुरुपयोग गरेर देखाएको भिड नाप्ने जिम्मा जनताको भएको उनको भनाई छ ।

यस्तै सत्तामा हुँदा आफूलाई हेर्न आएका भिडको भ्रम कुनै वेला महाराजलाई पनि भएको स्मरण गरेका छन् । साथै सभामा ओलीले आजसम्मकै धेरै जनसहभागिता रहेको दाबी गरेका थिए । 

उनको ट्वीटः न्यायमूर्तिले हेर्ने मान्छेको संख्या होइन संविधानको धारा हो । अदालतले विना भय संविधानसम्मत निर्णय गरोस् । प्रधानमन्त्रीले सत्ता उन्मादमा शक्तिको दुरुपयोग गरेर देखाएको भिड नाप्ने जिम्मा जनताको हो । स्मरण रहोस् ! सत्तामा हुँदा आफूलाई हेर्न आएका भिडको भ्रम कुनै वेला महाराजलाई पनि थियो त !