पु.समाचार

पूर्वप्रधानमन्त्री डा.भट्टराई उपचारका लागी आज भारतको दिल्ली जाँदै

९ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली जाने भएका छन् ।

आज उनी नेपाल वायुसवाको जहाजबाट उनी दिल्ली जान लागेका हुन् । उनको पेटमा लामो समयदेखि समस्या देखिएपछि काठमाडौंको निदान अस्पतालमा परीक्षण र उपचार गर्दै आएका थिए ।

चिकित्सकहरुले न्युरो (इन्डोक्राइनको ट्युमर) भएको आशंका गरेकाले उनीहरुकै सिफारिसमा दिल्ली जान लागेको समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले बताए ।

दिल्लीमा इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा उनको उपचार हुनेछ । उपचारका लागि दिल्लीमा रहँदा उनी त्यहाँस्थित नेपालको दूतावासमा बस्ने जनाइएको छ । उनीसँगै पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे जाने भएका छन् ।