पु.समाचार

काँग्रेस नेता डा कोइरालाको दाबीः वैशाखमा निर्वाचन हुनै सक्दैन

८ फागुन, जनकपुराम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा शेखर कोइरालाले वैशाखमा निर्वाचन नहुने दाबी गरेका छन्। नेपाल प्रेस युनियनद्वारा जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले अदालतले संसद् पुनःस्थापना गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, “सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई सदर गर्ने हो भने पनि कुन धाराअनुसार संसद् विघटन गरिएको हो भन्ने प्रमाण खुलाउनुपर्छ । यदि उक्त कुरा खुलाइएन भने देशमा आन्दोलनको आँधीबेरी आउँछ ।”