राजनीति

निर्बाचन भए सातै प्रदेश र केन्द्र नै काँग्रेसमय हुन्छ, सिंहदरबार/शीतल निवास काँग्रेस पस्छः गगन थापा

८ फागुन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता गगन कुमार थापाले माओबादीले ल्याएको अदालतलाई स्वतन्त्र छाड्नुहुन्न भन्ने प्रस्ताव ल्याउँदा काँग्रेसलाई मान्य नभएको दाबी गर्दै सुवास नेम्वांगले आज बिराटनगरमा दिएको प्रतिकृयाप्रति असन्तुष्टी पोखेका छन् ।
पुर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता थापाले नवलपरासीको एक काँग्रेस कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाको झगडा निर्बाचन आयोगमा भएपनि बिबाद मिलाउन नसकेको भनेका छन् । निर्बाचन भएमा सबै निर्बाचनमा जाने दाबी गर्दै नेकपा ओली र प्रचण्ड दुईतर्फका नेकपा निर्बाचनम ाजानसक्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली निकटको नेकपा एमाले दर्ता भएको प्रशंग पनि जोडेका छन् ।
नेता थापाले प्रधानमन्त्री केपी शर्मँ ओली र उनको मतियार वा कम्पनी वा झोेले होईन भन्ने एउटा ब्यक्ती पनि संसद पुनःस्थापनाको पक्षमा नबोल्ने चुनौती पनि दिए । उनले राष्ट्रपति र प्रधानमन्त्रीले आफ्नो पदको मर्यादा नराखेको भन्दै न्यायधीशलाई सर्बोच्च अदालतमा सेटिंगं छ भनेर लगाईएको आरोपलाई भत्काउँदै जनताको पक्षमा फैसला गर्न आग्रह गरे ।
संसद पुनःस्थापना भएपनि नयाँ आउने संसदले पनि देशलाई निर्बाचनमा लाने दृढता ब्यक्त गरे । उनले काँग्रेसलाई देश चलाउन जिम्मा नेपाली जनताले नदिएको भन्दै आउने निर्बाचनमा जनताले जिम्मा दिए काँग्रेसले निर्बाचनपछि सरकार बनाउन सकिने बिश्वास ब्यक्त गरे । प्रधानमन्त्री ओलीको मनमा दया र करुयणा नभएको भन्दै निर्मलाका बा बेहोस भएका बेला मलाई उनले तपाईको छोरी मेरो छोरीको जस्तै बलात्कार भए के गर्नुहुन्छ भनेर सोधेको स्मरण गराए।


उनले तीन बर्षसम्म ओलीले सरकार चलाएको बताउँदै काँग्रेसले ५० लाख रुपैयाँ उठाएर कोरोना संक्रमणको शुरुवाती भएका बेला सरकारको खातामा जम्मा गरेर स्वास्थ्यमा राजनीति नगरेको बताउँदै सरकार, प्रधानमन्त्री र राज्यले जनताका लागि २९ दिनसम्म कोरोना संक्रमणसंग सम्बन्धीत कुनैपनि कार्यक्रममा प्रधानमन्त्रीले भाग नलिएको बताए । उनले प्रधानमन्त्री त्यसबेला जनकपुरबाट संसद अपहरण गर्ने कार्यमा बरु ब्यस्त भएर सरकार टिकाउने खेलमा मात्र ब्यस्त भएको बताए ।
स्कुल महिनौदेखी बन्द भए, अबौं खर्च गरेका स्वास्थ्य क्षेत्र धरासायी भएका, लाखौं मानिस बेरोजगारी भएको अवस्थामा सरकारले कसैको मत्लव नै नगरेको स्मरण प्रधानमन्त्रीलाई नभएको बताए । किसानले गोलभेंडा नगरपालीकामा लगेर फालेको अवस्थामा आफूले जनतासंग राजनीतिक कुरा गर्नुपर्दा दुःख लागेको बताए । प्रधानमन्त्री ओलीले असंबैधानिक र असक्षमता प्रश्तुत गर्दै विपी कोईरालाले नपाएको तीन बर्षको एक पार्टीको सरकार पाएपनि उनले केही नगरेको बताए। उनले प्रधानमन्त्रीले ६० दिन एक्लै काम गर्न पाएका निर्णयहरु हेर्न जनतालाई आह्वान गर्दै चितवनमा जेलभित्र तरुण दलका अध्यक्ष शीव पौडेलसहित तीनजना हत्यारालाई आम माफी दिँदै जेलबाट बाहिर निकालेको स्मरण गराउँदै जनताले प्रधानमन्त्रीका बिरुद्धमा बोलेमा जिल्ला प्रशासनले मुद्धा लगाउने भन्दै लिम्पियाधुरा, लिपुलेक, कालापानीको नक्सा सार्बजनिक गर्दा काँग्रेस सबैभन्दा पहिले बोलेको स्मरण गराए । उनले लिम्पीयाधुरा, लिपुलेक, कालापानी नेपालको बनाएका कारण मेरा बिरुद्ध षढ्यन्त्र भएको भन्दै इश्वरको नाममा सपथ नलिने प्रधानमन्त्रीले पशुपतिनाथलाई काहिल्यै नढोकेको बताए ।
उनले भगवान रामलाई नागरिकता दिने भन्दै प्रधानमन्त्रीलाई हिजो होलीवाईन खाएको प्रधानमन्त्रीलाई रामको नामलिन सुहाउँदैन भनेका छन् । उनले प्रधानमन्त्री देशभक्त हाईनन् भन्दै प्रचण्ड र माधव नेपाललाई हिजो सभामुख र उपसभामुख दुई पार्टीको हुनुपर्छ, बहालवाला सचिवलाई निर्बाचन आयोगमा राख्नुहुन्न, प्रधानमन्त्री र राष्ट्रपतिको बिरुद्ध बोल्न पाउनुपर्छ भन्ने कुरा गर्दा तपाई काहाँ हुनुहुन्थ्यो अहिले हामी यहाँ छौं भन्ने ? भन्दै कडा प्रश्न गरे । उनले आफू जीउँदै हुँदा ७२ करोड झ्वाँम पार्दै सर्प पाल्ने कार्यमा सहभागी हुने नेकपाका एक नेतालगायतका सबै नेकपाका नेताको नारी छामेर प्रधानमन्त्री ओलीले हेपेको बताए। उनले काँग्रेस सकियो, बर्नबिटा खुवाउ भनेर प्रधानममन्त्री केपी शर्मा ओलीले भनेका बेला तपाई काहाँ हुनुहुथ्यो भनेर प्रधानमन्त्रीलाई प्रश्न गरे ।
नेता थापाले नेकपा आलुकाउली भएको माओबादीका कार्यकर्ताले भनेपनि मिल्दा पार्टीको सिद्धान्त के हो भन्ने नबुझि कार्यकर्ता लाग्दा आज रोपीएको बीउबाट न आलु फल्यो न काउली फल्यो भएको बताए । नेपालको कम्युनिष्टपार्टीले जनताको र सरकारको नेतृत्व गर्न नसकेको स्पष्ट गर्दै गिरिजा प्रसाद कोईरालाले ०६५ सालमा निर्बाचन गराउँदै गर्दा काँग्रेस हार्छ भनेर बालुवाटारमा भन्दा, निर्बाचन नभए देश हार्छ तर निर्बाचन गराए देशले जित्छ भन्ने सम्झेको बताए । प्रधानमन्त्री कोईरालाले आफूलाई सबै जानकारी भएको बताउँदै आएको स्मरण गर्दै निर्बाचन भएमा काँग्रेसले निर्बाचन मजाले जित्छ, सिंहदरबार र शीतल निवास पनि जाने भएपनि बिधिको शासन र कानूनी राज्यका लागि काँग्रेसले बोलेको बताए ।
नेता थापाले काँग्रेस कार्यकर्तामात्र नभएर कानूनबिदले प्रणालीका लागि बोल्नुपर्ने बताउँदै निर्बाचन राजा ज्ञानेन्द्रले पनि गराएको बताए । उनले काँग्रेसले प्रत्येक नेपालीको सम्मानका लागि लाग्नुपर्ने बताउँदै ३३ प्रतिशत महिलालाई ब्यवहारिक रुपमा सहभागीता गराउने अवस्थाको श्रृजना गर्नुपर्ने बताए । काँग्रेसले बृद्धभता १० हजार पुर्याउँछ तर युवाहरुलाई नेपाल फकाएर काम गरेर तिरेको करबाट १० हजार १५ हजार दिने वातावरण बनाउने दाबी गरे । खाडीका नेपाली मजदुरले पठाएको रिमिट्यान्सले ज्येष्ठ नागरिकलाई भत्ता नदिने बताए ।
उनले रुखको पात झर्न नदिने, पानी हालेर हराभार बनाउने हो भने काँग्रेसकै मुनी र रुखकै मुनी जनता आउनेमा बिश्वस्त भएको बताए । उनले काँग्रेसले जनतालाई आड र भरोसाा दिन भने सक्नुपर्ने जिकिर गरेका छन् । प्रधानमन्त्रीको कार्यक्रममा हास्यब्यंग्य प्रश्तुत गरेर जनतालाई हसांएको र जनताले ताली पनि बजाएको भन्दै हिजो कम्युनिष्टलाई बिश्वास गरेका जनताले अहिले बुझेको बताए । उनले संसद आएर संसदले नयाँ संघीय निर्बाचन गराउने र देशभर काँग्रेसको झण्डा फहरीले बताए । उनले शानदार ढंगले प्रदेश र संघमा जितेर जाने बताए । भारत काम गर्न जाने युवाहरु, नागरिकता नपाएका नेपालीहरुलाई काँग्रेसले न्याय गर्ने बताए ।
नेता थापाले तरुण दलले आयोजना गरेको उक्त कार्यक्रममा काँग्रेस बचेको भनेको शेरबहादुर देउवा, रामचन्द्र पौडेल वा सानेपा केन्द्रीय कार्यालयले नभई इमान्दार कार्यकर्ताहरुका कारण भएको बताउँदै ०४६ सालपछि काँग्रेसले गरेको गल्तीका कारण माओबादीले हत्याहिंसा मच्चाएको बताए । नेपालमा पटक पटक प्रजातन्त्र प्राप्त गर्ने र गुमाउने गरेर ६० ६५ बर्ष बितेको भएपनि अब चैं ०७२ सालपछि बनेको संबिधानले मुलुकमा स्थाइत्व हुन्छ भनिएपनि भरे प्रधानमन्त्री ओलीले पौष ५ गते संसद बिघटन गरेर अप्ठ्यारो पारेको बताए ।