प्रदेश 1

ओली समुह नेकपाको बिराटनगरमा शक्ति प्रदर्शन आज

८ फागुन, काठमाडौं । नेकपाको ओली समुहले आज बिराटनगरमा शक्ति प्रदर्शन गर्दै छ । तोकिएकै समुहमा निवार्चन सम्पन्न गर्ने शन्देस दिन उक्त समुहले आज प्रदेश नम्बर १ को राजधानि बिराटनगरमा बृहत शक्ति प्रदर्शन र आमसभा गर्ने भएको हो ।

सरकारको नेतृत्व गरिरहेको ओली समुहले आजको प्रदर्शन र जनसभामाफर्त बैशाख १७ र २७ गते हुने भनेर घोषणा गरिएको आमनिर्वाचनको सन्देश दिने बताईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते संसद बिघटन गर्दै बैशाख १७ र २७ गतेका लागी निवार्चनको घोषणा गरेका थिए ।

संसद बिघटन संगै नेकपा दुई खेमामा बिभाजित भएको छ । दाहाल–नेपाल पक्ष निर्वाचनमा नगई संसद पुनः स्थापना गर्ने पक्षमा छ भने ओली समुह निर्वाचनमा जान चाहन्छ । साथै संसद बिघटन गरेपछि सत्तापक्षले प्रदेशमा पहिलो पटक अहिलेसम्मकै ठुलो शक्ति प्रदर्शन र आमसभा गर्न लागेको उक्त समुहले दाबी गरेको छ ।

यस्तै अकस्मात सिर्जना भएको संसद बिघटन गर्नुपर्ने बाध्यात्मक अवस्था र त्यस्को औचित्यको बारेमा पनि कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ट पार्ने नेताहरुले बताएका छन् । यस्तै आजको उक्त प्रदर्शनमा ओली समुहका शिर्ष नेताहरुको पनि सहभागित रहने भएको छ ।

नेकपा दुई भागमा विभाजित भएसंगै दुई समसहले मुलुकका विभिन्न स्थानमा छुट्टा-छुट्टै जुलुस तथा प्रदर्शन गर्दै आएका छन् । भने पछिल्लो समय कस्ले धेरै मान्छे उतार्ने भनेर प्रतिस्पर्धा जस्तै हुने गरेको छ । साथै ओली समुहले आजको सभामा प्रदेशभरबाट दुई लाख मान्छे उतार्ने दाबी गरेको छ ।