राजनीति

शिव पौडेलका हत्यारालाई राष्ट्रपतिले आम माफी दिएकोमा तरुण दल क्रुद्ध, आन्दोलन गर्ने निर्णय

८ फागुन, काठमाडौ । नेपाली काँग्रेसको शसक्त भातृसंस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जङ्ग बस्नेतले शिव पौडेलको हत्यामा संलग्नहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले आम माफी दिएकोमा निन्दा र भत्र्शना गरेका छन् ।
उनले एक बिज्ञप्ती जारी गर्दै जेल भित्रै हत्या जस्तो अक्षम्य र गम्भीर अपराध गर्ने अपराधीहरुलाई सरकार र राष्ट्रपति जस्तो संस्थाले आम माफी दिनु देशमा हत्या, हिंसा जस्ता दानवीय प्रवृतिको ढाकछोप गर्ने र अवान्छीत कृयाकलापलाई प्रोत्साहित गर्ने कार्य दिन प्रति दिन बढ्दै गईरहेको प्रष्ट भएको बताएका छन् ।
आममाफी दिएको बिरोधमा शसक्त भएर लाग्न आग्रह गर्दै अधयक्ष बस्नेतले भनेका छन्, ‘सरकारको यस्ता गैरजिम्मेवारपूर्ण कार्यले नेपाल तरुण दल र लोकतन्त्रवादी आम तरुणहरुलाई गम्भीर र आन्दोलित तुल्याएको हुँदा अपराधीहरुलाई संरक्षण गर्ने जनविरोधी सरकारको उक्त निर्णयको विरुद्ध चरणबद्ध रुपमा विरोधका कार्यक्रमहरु गर्न नेपाल तरुण दल केन्द्रिय समिति दलको चितवन जिल्ला समितिलाई यसै प्रेस विज्ञप्ती मार्फत निर्देशन गर्दछ । हिजो फागुन ७ गते सरकारको सिफारिसमा बिभिन्न ब्यक्तीहरुलाई आम माफि दिईएको थियो ।’

बिज्ञप्तीमा भनिएको छ, “प्रस्तुत विषयमा २०६८ साल पुस महिनामा जिल्ला कारागार भरतपुर (चितवन) भित्र नेपाल तरुण दल चितवनका तत्कालिन अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न गम्भीर अपराध गर्ने अपराधीहरु फणिन्द्र श्रेष्ठ, दिल बहादुर मोक्तान र सुनिल के।सी। लाई प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रकै खिल्ली उडाउँदै नेकपाको ओली गुटको सरकारको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले बाँकी कैद मिनाह गरी आम माफी दिईएको प्रति नेपाल तरुण दल केन्द्रिय समिति गम्भीर आपत्ति जनाउँदै उक्त कार्यको घोर निन्दा एवं भत्र्सना गर्दछ । जेल भित्रै हत्या जस्तो अक्षम्य र गम्भीर अपराध गर्ने अपराधीहरुलाई सरकार र राष्ट्रपति जस्तो संस्थाले आम माफी दिनु देशमा हत्या, हिंसा जस्ता दानवीय प्रवृतिको ढाकछोप गर्ने र अवान्छीत कृयाकलापलाई प्रोत्साहित गर्ने कार्य दिन प्रति दिन बढ्दै गईरहेको प्रष्ट भएको छ । सरकारको यस्ता गैरजिम्मेवारपूर्ण कार्यले नेपाल तरुण दल र लोकतन्त्रवादी आम तरुणहरुलाई गम्भीर र आन्दोलित तुल्याएको हुँदा अपराधीहरुलाई संरक्षण गर्ने जनविरोधी सरकारको उक्त निर्णयको विरुद्ध चरणबद्ध रुपमा विरोधका कार्यक्रमहरु गर्न नेपाल तरुण दल केन्द्रिय समिति दलको चितवन जिल्ला समितिलाई यसै प्रेस विज्ञप्ती मार्फत निर्देशन गर्दछ ।”