कर्णाली प्रदेश

वीरेन्द्रनगरका स्थानीयवासी आन्दोलित

७ फागुन, वीरेन्द्रनगर / वीरेन्द्रनगर नगरपालिका–८ स्थित शहरी स्वास्थ्य चौकीले स्वास्थ्य सेवा प्रदान नगरेको भन्दै स्थानीय गौरीशंकर टोलका युवा आन्दोलित भएका छन् ।
स्वास्थ्य चौकीले प्रभावकारी स्वास्थ्य सेवा नदिएको भन्दै स्थानीयवासी आन्दोलित बनेका हुन् । प्रभावकारी रुपमा स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने भन्दै उनीहरुले नगरपालिका कार्यालयमा नाराबाजी गरेका छन् । आफुहरु स्वास्थ्यचौकी गएका बेला त्यहाँबाट सेवा नपाएकाले निजी मेडिकलमा महङ्गो शुल्क तिरेर सेवा लिन बाध्य भएको उनीहरुको भनाइ छ ।
युवा विनम शाहीले स्वास्थ्य सेवाले प्रभावकारी सेवा प्रदान गरोस् भन्ने उद्देश्यले टोलका युवा मिलेर आन्दोलन गरेको बताए । उनले शहरी स्वास्थ्य केन्द्र, जिल्ला जनस्वास्थ्य कार्यालय र नगरपालिकामा पुगेर ¥यालीसहित ध्यानाकर्षण गराइएको जनाए । स्वास्थ्य केन्द्रबाट प्रभावकारीरुपमा सेवा प्रवाह नभएमा फेरी पनि आन्दोलन गर्ने उनको भनाइ थियो ।