विशेष

प्रजातन्त्र बचाउन मलाई ब्यक्तीगित घाटा भएपनि संसद पुनःस्थापना हुनैपर्छः बरिष्ठ नेता पौडेल

७फागुन, धरान । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या समाधान गर्न नसकेको अवस्थामा राजीनामा दिनुपर्ने विचार ब्यक्त गरेका छन् । उनले धरानमा आयोजीत प्रजातन्त्र दिवशको काँग्रेस उपमहानगरको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफु नभए जे भए पनि होस् भनेर गलत निर्णयहरु गर्दै हिँडेको बताए
बरिष्ठ नेता पौडेलले भने, ‘म सांसद नभएपनि प्रतिनिधिसभा पुनःस्थापना भनिरहेको छुँ। चुनाव हुँदा मलाई फाइदा हुन्छ, तर लोकतन्त्र र संविधान धरापमा पारेर मैले के पाउने? पहिला यो संविधान बच्नुपर्छ, लोकतन्त्र बच्नुपर्छ, प्रणाली बच्नुपर्छ।’ उनले मिलाएर लान नसकेमा पार्टीबाट राजीनामा दिनुपर्ने भन्दै मिलाएर लान नसकेमा प्रधानमन्त्री ओलीले कुशी नै जलाउने वा कुशीनै फालिदिने काम गर्न खोजेको बताए ।
नेता पौडेलले प्रजातन्त्र रहेमात्र साँसद र पदको अर्थहुने भन्दै आफूलाई साँसदको निर्बाचन भए फाईदा हुने भएपनि आफू कुर्शीका लागि भन्दा पनि प्रणालीका लागेको हुँनाले प्रणाली बचाउन संसद पुनःस्थापनाको बिकल्प नभएको जिकिर गरेका छन् ।
उनले सर्बोच्च अदालतको निर्णय आफूहरुलाई मान्य हुने भन्दै अदालतका विवेकशील न्यायधीशहरुले मुलुकलाई हेरेर निर्णय गर्नेमा आफू बिश्वस्त रहेको बताएका थिए । पौस ५ गतेदेखी बिघटन भएको प्रतिनिधि सभाका बिषयमा काँग्रेसले औपचारिक रुपमा पुनस्थापनाको मागसहित सडकमा छ ।