राजनीति

कोरोना खोप पहुँचका आधारमा जथाभावी बाढिएको काँग्रेस सहमहामन्त्री डा महतको दाबी

६ फागुन, काठमाडौं । नेपाली काँग्रेसका सह–महामन्त्री एवं कोभिड १९ अनुगमन समिति संयोजक डा प्रकाशशरण महत आम जनतालाई सहज रुपमा खोप पहुँचमा ल्याउनका लागि निःशुल्क खोप पु¥याउन माग गरेका छन् ।

उनले बिज्ञप्तीमार्फत भनेका छन्, ‘कोभिड—१९ को कुव्यवस्थापन, चरम आर्थिक दुरुपयोग, स्वास्थ्य सामाग्री खरीदमा भएको व्यापक भ्रष्टाचारको नेपाली कांग्रेस पार्टीले निरन्तर विरोध गर्दै आएको छ । कोभिड—१९ को कारण गरिएको लकडाउन र निषेधाज्ञाका कारण आर्थिक र सामाजिक क्षेत्रमा भएको व्यापक प्रभावका कारण नागरिकहरुको जीवन अस्तव्यस्त भएको स्थिति सर्वविदित छ । यस्ता प्रभावहरुलाई न्यून गर्न राहत र सहयोग सम्बन्धी कार्ययोजना ल्याउन गरेको नेपाली कांग्रेसको मागलाई पनि सरकारले वेवास्ता ग¥यो । सरकारले ल्याएको सिमित आर्थिक प्याकेज पनि कागजमा सिमित भए । भ्रष्टाचार र दुरुपयोग गर्ने माथि सम्बन्धित निकायहरुले कारवाहीको प्रक्रिया अगाडि बढाउन कुनै सक्रियता देखाएका छैनन् भने सरकार यी प्रवृत्तिमा संग्लन व्यक्तिहरुलाई झन् प्रोत्साहित गर्दैछ ।
सरकारको चरम उदासिनता र लापरवाहीका बावजुद कोभिड—१९ को प्रभाव समाजमा कम हुँदै गएको देखिए पनि अझै यसको प्रकोप समाप्त भएको छैन । यस माथि अन्य देशहरुमा देखा परेको गम्भीर प्रकृतिको कोभिड—१९ नेपालमा प्रवेश गर्न सक्ने सम्भावना प्रति नेपाल सरकार गम्भीर देखिएको छैन । नेपाली कांग्रेस पार्टी कोभिडको नयाँ भेरिएन्ट नेपालमा प्रवेश हुन नदिनका लागि आवश्यक पर्ने सम्पूर्ण उपाय गर्न सरकारसँग माग गर्दछ ।
कोभिड—१९ विरुद्ध आम जनतालाई खोप लगाई स्थायी रुपमा यो प्रकोपलाई रोक्न सरकारले कुनै स्पष्ट कार्य योजना ल्याएको छैन । छिमेकी राष्ट्र भारतबाट सहयोग स्वरुप प्राप्त १० लाख डोज खोपको वितरणमा सुस्पष्ट प्राथमिकता निर्धारण गरिएको छैन । अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी तथा संचारकर्मीहरुलाई खोपमा प्राथमिकता उपयुक्त हो । तर ज्येष्ठ नागरिकहरुलाई धेरै अगाडि प्राथमिकतामा राखेर खोप वितरण गर्नु पर्नेमा बल्ल अहिले आएर सरकारले त्यसलाई प्राथमिकतामा राखेको घोषणा गरेको छ । सरकारले खोपको विश्वसनीयताको बारेमा यथेष्ट सूचना प्रवाह नगर्नाले खोप लगाउने बारेमा जन–आशंका कम भएको छैन भने खोपको वितरणमा पनि पहुँचका आधारमा जथाभावी बाढिएको खबरहरु आइरहेका छन् । यसप्रति नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ ।
भविष्यमा पनि अन्य देश र संस्थाहरुबाट आउन सक्ने अनुदान खोप सहयोग र आवश्यकता अनुरुप खरीद गरी खोप ल्याउँदा ध्ज्इ को मापदण्ड पूरा गरेका खोपहरुलाई मात्र प्रयोग गर्न अनुमति दिन सरकारसँग नेपाली कांग्रेस माग गर्दछ ।

कोभिड—१९ लाई रोक्न आवश्यकता अनुरुप आम नागरिकहरुमा खोप पु¥याउने विस्तृत कार्ययोजना सार्वजनिक गर्न नेपाली कांग्रेस माग गर्दछ । खोप सम्बन्धी कार्ययोजनामा कुन–कुन स्रोतबाट आवश्यक खोप उपलब्ध हुने हो र ती स्रोतहरुबाट प्राप्त हुने खोप अनुदानमा आउने हो या खरीदबाट प्राप्त गर्नु पर्ने भए त्यसको पारदर्शी खरीद प्रक्रिया बारेमा पनि सरकारले आम जनतालाई विश्वासमा लिनु पर्दछ । खोपको आवश्यक रेफ्रिजरेसन सहितको भण्डारण र त्यसको प्रभावकारिता सुनिश्चित गर्ने सबै उपायका साथ खोप कार्यक्रमको देशव्यापी कार्यतालिका र खोप प्राप्त गर्ने जनसंख्याको प्राथमिकता क्रमको विस्तृत विवरण सार्वजनिक गर्न समेत नेपाली कांग्रेस माग गर्दछ । आम जनतालाई सहज रुपमा खोप पहुँचमा ल्याउनका लागि निःशुल्क खोप पु¥याउन पनि माग गर्दछ ।’