आर्थिक

महिला ट्रेकिङ उधमीहरुलाई प्रभु बैंकद्धारा सहुलियतपूर्ण कर्जा प्रदान

५ फागुन, काठमाडौं । प्रभु बैंक लिमिटेडले आईडिया स्टुडियो नेपालसङगको सहकार्यमा सहयात्रा समृद्धिको कर्जा योजनाअन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ ल्हामु गाउपालिका, वार्ड नं ३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । आज सम्पन्न एक कार्यक्रममा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले महिला ट्रेकिङ उद्यमीहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरी उक्त सहुलियतपूर्ण कर्जा प्रदानगरेको बैंकले जानकारी दिएको छ ।
कोभिड –१९ को मारमा परेको ट्रेकिङ व्यवसाय र नियमित आयआर्जनबाट बिमुखहुनपुगेका महिला ट्रेकिङ उद्यमीहरुलाई ट्रेकिफ्को लागीचाहिने बन्दोबस्तिका समानहरुको जोहो गरी आफ्नो उद्यम व्यवसायलाई पूनः सुचारु गर्दैजिवनस्तर सुदृढ पार्न यस कर्जाले सहयोग गर्ने बिश्वास बैंकले लिएको छ ।