सामाजिक सञ्जाल

डिलाको आक्रोशः भागरथिको बलात्कार/हत्या भएको १२ दिन हुँदा पनि सरकार किन अपराधी पक्रदैन ?

५ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डिला संग्रौलाले बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको १२ दिनसम्मनी बलात्कारी पक्राउ गर्न नसकेको भन्दै आक्रोस व्यक्त गरेकी छिन् ।

मंगलबार बैतडीमा भएको कांग्रेसको कार्यक्रममा नेतृ संग्रौलाले भागिरथिको बलात्कार/हत्या भएको १२ दिन हुँदा पनि सरकार किन अपराधी पक्रदैन ? भन्दै प्रश्न गरेकी हुन् ।

यद्यपी आज १७ वर्षीया किशोरी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेश भट्ट भन्ने व्यक्तिलाई पक्राउ गरेको भन्ने समाचार आएको छ ।

साथै उनले मान्छेको बोल्न पाउने स्वतन्त्रताको अधिकार, मान्छेको बिचारको स्वतन्त्रता, मान्छेले बोल्न पाउने बिचारको स्वतन्त्रताको हनन गर्ने कम्युनिष्टहरु तानाशाहा भएको समेत टिप्पणी गरेकी छिन् ।

नेकपाको दुई समुहको क्रियाकलाप प्रति संकेत गर्दै नेतृ संग्रौलाले आज एउटाले संसद सिबघटन गर्ने र अर्काेले मान्छे ओसारेर सडकमा प्रदर्शन गर्ने दुई समुहले शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्देउ मुलुक चलाईदेउ भनेको भन्दै कांग्रेस बिना मुलुक बन्न नसक्ने बताएकी छिन् ।

कांग्रेस बिना मुलुकमा लोकतन्त्र रहन नसक्ने र समृद्धिको ढोका खुल्न नसक्ने बताईन ।