शिक्षा

नेकपा नेपाल–दहाल पक्षका बस्नेतको ओली समूहका बिद्यार्थीको कुटाईबाट भाँचियो दाँत !

 ३ फाल्गुन, काठमाडौं । आरआर क्याम्पस प्रदर्शनीमार्गमा प्रधानमन्त्रीसमेत रहेका नेकपा केपी शर्मा ओली र नेकपा नेपाल–दहाल पक्षका बिच झडप भएको समाचार छ ।
दुई पक्षबिच पार्टीको माथील्लो लेवलमा पनि उच्च बिबाद भईरहेका बेला बिद्यार्थीमा पनि त्यसको असर परेको छ । झडपमा परी नेपाल–दहाल पक्षका दीपक बस्नेतको दाँत भाँचिएको स्ववियू सभापति टोपेन्द्र शाहीले पुष्टी गरे ।
अध्यक्ष ओली पक्ष र नेपाल–दहाल पक्षको बिबादकायमै रहेका बेला अन्य कयाम्पसमा पनि झडप हुने आशंकामा प्रहरीको उपस्थिति बाक्लो गरिएको छ ।