आर्थिक

लक्ष्मी बैंकले सुरु गर्‍यो स्मार्टफोन लोन सेवा

३ फाल्गुन, काठमाडौं । लक्ष्मी बैंकले एफ्वा–न सफ्टसँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको छ। स्मार्टफोन लोन एक कर्जा–रुपी–सेवा हो जस अन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाईल मनी एपबाटै अधिकतम २ लाखसम्मको कर्जा लिन सक्नेछन्। कर्जा को मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एप को एनलाइटिक्ससफ्टवेर ले गर्नेछ।
हालका लागि यो सेवा बैंकमा तलब तथाबचतखाता हुने ग्राहकहरुका लागि हुनेछ भने विस्तारै यो सेवा अन्य ग्राहकहरुका लागि उपलब्ध गराउदैँ लगिनेयोजना रहेको छ।
आफ्नासेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहजसेवा प्रदानगर्ने उद्देश्यले लक्ष्मी बैंकले नयाँ सेवा संचालनमा ल्याएको हो। यो कर्जा पुरै डिजिटल मैत्री भएका ले कुनै कागज्प–त्र तथा निवेदन बिना नै लिन सकिन्छ र यो पुर्व–स्विक्रित हुने हुँदा कुनै धितो बिना प्रदान गरिनेछ।सो कर्जा अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिनेछ भने कर्जा उपलब्ध हुने बितिकै कर्जा रकम ग्राहकको खाता मा जम्मा हुने व्यवस्था रहेको छ।