राजनीति

पञ्चायतको गर्वबाट जन्मिएका कम्युनिष्टसँग सहकार्य नगरिकन पनि काँग्रेसले बहुमत ल्याउछः अध्यक्ष बस्नेत

३ फागुन, ललितपुर । नेपाली काँग्रेसको शसक्त भातृसंस्था नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले नेपाली काँग्रेसलाई धोका दिएर स्थानीय तहको निर्बाचनपछि तत्कालीन माओबादी केन्द्रसँग प्रदेश र प्रतिनिधि सभा निर्बाचन लडेकोमा आक्रोश ब्यक्त गरेका छन् । अध्यक्ष बस्नेतले दहीचिउरे अडान नभएका र पञ्चायतले जन्माएका कम्युनिष्टसंग सहकार्य गर्नु काँग्रेसका लागि घातक हुने भन्दै आफु नेकपा अपध्यक्ष पुष्पकमल दहालले काँग्रेस कार्यकर्ताले नमान्ने तर्क गरेका छन् ।
अध्यक्ष बस्नेतले भोलि संसद् पुनःस्थापना भयो भने पनि नेपाली कांग्रेस तेस्रो पार्टी होला । तेस्रो पार्टीका रुपमा पनि नेपाली कांग्रेस संसद्मा जान्छ भन्दै सर्बोच्च अदालतले संसद पुनस्थापना गरे पनि र निर्बाचनलाई सदर गरेपनि काँग्रेसले सर्बोच्च अदालतको विवेकपूर्ण निर्णय मान्ने दाबी गरे । पञ्चायतको गर्वबाट जन्मिएका कम्युनिष्टसँग सहकार्य नगरिकन पनि काँग्रेसले बहुमत ल्याउने अध्यक्ष बस्नेतले दाबी गरेका छन् ।
उनले नेपाली काँग्रेसलेमात्र संबिधानको रक्षा गर्नसक्ने भन्दै मुलुकको आर्थिक बिकासको नेतृत्व गर्ने हैशियत काँग्रेसबाहेक कसैको नभएको जिकिर गरे । नेपाली काँग्रेसले आज ७७ वटै जिल्लामा गरेको नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद बिघटन बिरुद्धको प्रदर्शनमा बोल्दै अध्यक्ष बस्नेतले ललितपुरमा उक्त आक्रोश पोखेका हुन् । उनले सभापति शेरबहादुर देउवालाई नेकपा अध्यक्ष दहालले बिगतमा दिएको धोका आफूहरुले नबिर्षेको पनि बताए ।
चितवनमा अध्यक्ष दहालकी छोरी रेणु दहाललाई जिताउन सभापति देउवा नै गएर मत मागेका कारण काँग्रेस नेतृत्वसँग कार्यकर्ता रिसाएका बेला अध्यक्ष बस्नेतले आम कार्यकर्ताको मनको कुरा बोलेका छन् । पछिल्लो समय काँग्रेसले नेकपाको अफरलाई नमानी एक्लै आन्दोलन गरिरहेको छ । यसलाई निरन्तरता दिने पक्षमा काँग्रेसका अधिकाँस नेताहरु छन् ।