राजनीति

नेकपाको नेपाल–दाहाल समूहले ५ गतेदेखी २१ सम्म गर्यो विरोध कार्यक्रम घोषणा

३ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले यही फागुन १५ गतेसम्मका लागि जनपरिचालनलगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।
सो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यही फागुन ५ गते टुँडिखेल वरिपरि मानवसाङ्लो प्रदर्शन गरिने छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार त्यस दिन अपराह्न ४ बजेदेखि ५ बजेसम्म मानवसाङ्लो प्रदर्शन गर्न लागिएको हो । प्रवक्ता श्रेष्ठका अनुसार यही फागुन ७ गते देशव्यापी रुपमा वडास्तरीय विरोध कार्यक्रम हुनेछ भने फागुन ७ देखि १५ गतेसम्म संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिकस्थलमा हस्ताक्षर सङ्कलन गरिनेछ ।
यही फागुन ९ गते महिला हिंसा, हत्या एवं बलात्कारकाविरुद्ध देशव्यापी महिलाको विरोध प्रदर्शन गरिनेछ । फागुन १२ गते चितवन, २१ गते दाङ र जनकपुर, नेपालगञ्जलगायत शहरमा विरोध प्रदर्शन र जनसभा तय गरिएको उनको भनाइ छ ।